काठमाडौं –  ललितपुर महानगरपालिका प्रमुखको उम्मेदवारमा कांग्रेसबाट चिरिबाबु महर्जन नै दोहोरिने भएका छन् ।


ADVERTISEMENT


कांग्रेसले महर्जनलाई टिकट दिने निर्णय गरेको बालुवाटार स्रोतले लोकान्तरलाई जानकारी दियो । उम्मेदवारी मनोनयनको दोस्रो दिन अन्तिम समयमा आएर महर्जनले टिकट पक्का गरेका हुन् ।


ADVERTISEMENT

# # #


ललितपुरमा महर्जन सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नेछन् । उपमेयर भने माओवादीको भागमा परेको छ ।