एजेन्सी – फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् । प्रमुख प्रतिश्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहोर्याएका हुन् । उनले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनु परेको थियो ।


ADVERTISEMENT


दोस्रो चरणमा उनका प्रतिश्पर्धी पेनले ४१.४ प्रतिशत मत पाएकी थिइन् । यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति माक्रोनले ६६.१ प्रतिशत मत ल्याउँदा प्रतिश्पर्धीले भने ३३.९ प्रतिशत मत पाएका थिए । राष्ट्रपति माक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरुको समेत राष्ट्रपति भएको उल्लेख गरे । उनको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ ।


ADVERTISEMENT

# # #


उनलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरुले फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि माक्रोनलाई बधाई दिएका छन् । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ ।