काठमाडौँ– पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेपाल परिवार दल र नेकपा बीच चुनावी तालमेल नहुने संकेत देखिएको छ । एमालेले सहमति कार्यान्वयन नगरेको भन्दै परिवार दलले सबै स्थानीय निकायमा उम्मेदवारी दिने तयारी थालेको छ ।


ADVERTISEMENT


एमालेसँगको सहमतिमा हस्ताक्षर गरेका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले सहमति कार्यन्वयन गर्न एमालेले आनाकानी गरेको भन्दै परिवार दल एक्लै चुनाबमा जानसक्ने बताए । उनले सम्पुर्ण स्थानीय निकायमा यस अघि तय भएका उमेदवारले नै मनोनयन दर्ता गर्ने तयारी भएको सुनाए ।


ADVERTISEMENT

# # #


परिवार दलका प्रवत्ता रुपसिह भण्डारीले परिवार दलले एमालेसँग भएको सहमतिको पालना गर्न तयार रहेको तर सहमति कार्यान्यनमा एमालेबाट कहि बाधा उत्पन भए परिवार दलले एक्लै उम्मेदर्वार उठाउने तयारी समेत गरेको बताए । यसैबीच नेपाल परिवार दलले कैलाली र कञ्चनपुरमा एमालेसँग तालमेल नगर्ने भएको छ । तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि कैलाली र कञ्चनपुर जिल्लामा एक्लै चुनाव लडेन निर्णय गरेको नेपाल परिवार दलका सुदूरपश्चिम अध्यक्ष खडग नागरी बताउँछन् ।

नेकपा एमाले नेपाल परिवार दल बिच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै कैलाली र कञ्चनपुरमा एमालेले कुनै पनि ठाउँमा सहमति कार्यान्यन नभएको भन्दै गठबन्धन नगर्ने निर्णय गरिएको हो । परिवार दलले छ महानगर ११ उपमहानगर लगायत सबै स्थानीय तहमा उम्मेदबारी दिन मातहतका प्रदेश र जिल्ला समितिलाई निर्देशन समेत दिएको छ ।

तर एमाले महासचिव शंकर पोखरेलले सहयात्री दलसँग भएको सहमति कार्यान्यन गर्न एमाले प्रबिवद्ध रहेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्षबीच पटक पटकको वार्तापछि चुनावमा तालमेल गर्ने सहमति भएको थियो ।