काठमाण्डौं-निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा आचार संहिता उल्लंघन गरेको भन्दै नेकपा एमाले र पाँच राष्ट्रिय दैनिकसँग २४ घन्टे स्पष्टिकरण सोधेको छ ।


ADVERTISEMENT


मंसिर १२ गते प्रकाशित कान्तिपुर, नागरिक, अन्नपूर्ण, नयाँ पत्रिका र राजधानी दैनिकमा छापिएको एमालेको विज्ञापनबारे आयोगले स्पष्टिकरण सोधेको हो । विज्ञापनमा एमाले अध्यक्ष ओलीको तस्बिरसहित सूर्य चिह्नमा मतदान गर्न आह्वान गरिएको थियो । आयोगले मंगलबार साँझ स्पष्टिकरण सोधेको हो ।


ADVERTISEMENT

# # #


 

आयोगका सहन्यायाधिवक्ता दीपाप्रसाद तिमिल्सिनाका अनुसार एमालेले एक दिनमा एक पत्रिकामा मात्र विज्ञापन छाप्न पाइने कुराको उल्लंघन गरेकाले र पत्रिकाले तोकिएको आकारभन्दा ठूलो विज्ञापन छापेकाले स्पष्टिकरण सोधिएको हो । ‘एमालेले एकै दिनमा पाँच पत्रिकामा ठूलो आकारमा विज्ञापन छापेको पाइयो,’ तिमिल्सेनाले सेतोपाटीसँग भने, ‘विज्ञापन छाप्दा आकारलाई ध्यान नदिएकाले पत्रिकालाई स्पष्टिकरण सोधेका हौं ।’

निर्वाचन आचारसंहिता २०७२ को दफा ५ को खण्ड (ख १) मा राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफएमका माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा कम्तीमा एक घन्टाको अन्तरालमा चौबीस घन्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।