काठमाण्डौं-बाघ गणना आजदेखि सुरु हुँदैछ । वन मन्त्रालय अन्तर्गतको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख महेश्वर ढकालका अनुसार क्यामरा ट्रयापिङ पद्दतिद्वारा आजदेखि गणना कार्य सुरु हुनेछ ।


ADVERTISEMENT


हरेक राष्ट्रिय निकुञ्जमा २ वर्ग किलोमिटरको लम्बाई र चौडाईको दुरीमा१५ दिनसम्म क्यामरा राखेर बाघको संख्या पत्ता लगाउने ढकालको भनाइ छ । यसअघि सन् २०१३ मा सोही पद्दति अनुसार बाघको गणना गरिएको थियो ।


ADVERTISEMENT

# # #


बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसंग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने उनले बताए ।

यसअघि एकैसाथ बाघ गणना गरिए पनि क्यामरा ट्रयापिङ पद्दतिद्वारा पहिलो पटक गणना गर्न लागिएको हो । सन् २०१० मा बाघ पाइने विश्वका विभिन्न १३ मुलुकका सरकारी अधिकारीको रुसमा सम्पन्न बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने प्रतिबद्दता जनाएको थियो ।