गलकोट–स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् ।


ADVERTISEMENT


नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनका संयुक्त प्रचार टोली बागलुङका विभिन्न पालिकामा चुनावी घरदैलो कार्यक्रम लिएर गाउँ पसेका छन् ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले मनोनयनपछि घरदैलो अभियानलाई तीव्रता दिएका छन् । एमाले काठेखोला गाउँपालिकाले मनोनयन दर्ताको पर्सिपल्टदेखि नै चुनवीसभाको आयोजना गर्न थालेको छ ।

एमालेले यही वैशाख १४ देखि २५ गतेसम्म धम्जाबाट सुरु गरेको चुनावी अभियान लेखानीमा गएर टुङ्ग्याउने भएको छ । सो अभियान अन्तर्गत काठेखोलाका आठवटै वडामा घरदैलो, भेटघाट र आमसभा गर्ने पालिका कमिटीको निर्णयानुसार प्रचार–प्रसारमा हिँडेको काठेखोला गाउँपालिकामा एमालेका उम्मेदवार डिलबहादुर कार्कीले बताए ।

यस्तै कांग्रेसले बागलुङ नगरपालिकाको २ नं वडाबाट चुनावी अभियान सुरु गरेको छ । यही वैशाख १७ गतेबाट गाउँमा चुनावी अभियान लिएर जाने र अहिले सामान्य भेटघाटको कार्यक्रम सुरु गरिसेको बागलुङ नगरपालिका नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठले जानकारी दिए। पाँच दलीय गठबन्धनले यसअघि छुट्टाछुट्टै चुनावी अभियान गरे पनि मनोनयन दर्तापछि पुनः गठबन्धनले नै चुनाव प्रचार–प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । गठबन्धनले बागलुङ नगरपालिका र वडा वडामा एकमुष्ट सम्पर्क कार्यालय स्थापना गरेको छ ।

‘पहिला गठबन्धको बागी उम्मेदवारीलाई फिर्ता गराउने अभियानमा छौँ, गठबन्धनले सबै पालिकामा संयन्त्र गठन गरेको छ, १६ गते साँझ ५ बजेसम्म सबै बागी उम्मेदवारहरूले उम्मेदवारी फिर्ता गर्नुहुन्छ’, उनले भने, ‘हामीले अब संयुक्तरूपमा नै प्रचार–प्रसारका लागि कार्यालय स्थापनामा समेत छौँ, सँगै प्रचार गर्नेछौँ, अब गठबन्ध चुनावी प्रचारका लागि गाउँ केन्द्रित भएको छ ।’ पालिकाअनुसार प्रचारका गतिविधि फरक–फरक शैलीमा गर्न सक्नेछन्, पालिकाको निर्णयानुसार नै प्रचारप्रसारका गतिविधि अगाडि बढ्ने उनको भनाई छ ।

यस्तै एमालेले चुनाव प्रचार–प्रसारलाई गाउँ केन्द्रित बनाएको एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले बताए । उनी पालिका कमिटीको निर्णयानुसार चुुनावी प्रचारका लागि उम्मेदवार गाउँ पस्न थालेको बताउँछन् । ‘उम्मेदवारी फिर्तापछि प्रचारलाई तीव्रता दिइन्छ, बुधबारबाटै काठेखोलाले प्रचार–प्रसारका लागि वडाअनुसार अगाडि बढेको छ, केही स्वतन्त्र र बागी उम्मेदवार मिलाउन बाँकी पालिकामा १७ गतेपछि प्रचार प्रसारको काम अगाडि बढ्नेछ’, उनी भन्छन्, ‘अहिले एमाले घरदैलोसँगै नयाँ प्रविधिको प्रयोगअनुसार फेसबुक, टिकटकलगायतका सञ्जालबाट समेत प्रचारलाई तीव्रता दिएको छ ।’

विभिन्न राजनीतिक दलहरूले आफूले जितेका पालिकामा गरेका काम र अधुरा कामको विवरण तयार पारिरहेका छन् । बागलुङमा अधिकांश पालिका प्रमुख बन्न राजीनामा दिएर दोहोरिएकाले आफ्ना अधुरा काम पूरा गर्नका लागि आफ्नो पक्षमा मत प्रयोग गर्न आग्रह गरेका छन् ।

बागलुङको जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड, काठेखोला गाउँपालिका र ताराखोलाको प्रमुखमा मात्रै नयाँ अनुहार प्रतिस्पर्धामा छन् । तर बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाको प्रमुखमा पालिका प्रमुखले राजीनामा दिएर पुनः दोहो¥याउन गठबन्धन र एमालेबाट उम्मेदवारी दिएका छन् । रासस