काठमाडौँ – टी–२० सिरिजको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्बेको ‘ए’ टोलीलाई १८२ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको हो । नेपालका लागि मोहम्मद आदिल अलामले सर्वाधिक ४७ रन हाने । नटआउट रहेका उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै कुशल भुर्तेलले ३१ बलमा ८ चौकाको मदतमा ४६ रन बनाए । पहिलो विकेटका लागि आशिफ शेखसँग २७ रनको साझेदारी गरेका उनले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५७ रनको महत्वपूर्ण साझेदारी गरे ।

यस्तै रोहितले २६ बलमा २ चौका र १ छक्काको मदतमा ३६ तथा दीपेन्द्र सिंह ऐरीले १३ बलमा २ छक्का र १ चौकासहित २८ रनमा रनआउट भए ।

जिम्बाब्बे ‘ए’का लागि ब्राड इभान्स, लुके जंग्वे, ब्राण्डन माभुता र जोन मसाराले समान १–१ विकेट लिए । जिम्बाब्बे ‘ए’ले जवाफी ब्याटिङ गर्दैछ ।