काठमाडौँ– नेपालका लागि भारतीय राजदूत रहेका विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन् । क्वात्रालाई भारतीय सरकारले आईतबार परराष्ट्र सचिवमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


क्वात्रा जनवरी ३०, २०२० मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए । राजदूतको रुपमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका क्वात्रा सो भ्रमण सकिएको भोलिपल्टै विदेशी सचिव भएका थिए ।


ADVERTISEMENT

# # #


उनीसंग यसअघि भारतको विदेश मन्त्रालयमा पनि काम गरेको अनुभव छ । उनले हालका विदेश सचिव रहेका हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्नेछन् । श्रृंगलाले अप्रिल ३० देखि भारतीय विदेश सेवाबाट अनिवार्य अवकाश पाउँदै छन् ।