काठमाडौँ – नेपालमा आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको २ हजार ५ सय ८ पीसीआर परिक्षणका क्रममा १८ जना र ७ सय १४ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।