काठमाडौँ– नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले अवाञ्छित क्रियाकलापमा संलग्न हुनेका लागि कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


तस्बिर स्रोत : नेपाल प्रहरी

गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने उनको भनाई छ । अवाञ्छित क्रियाकलापमा संलग्न आम जनतादेखि अधिकृत तथा जवानका लागि समेत कठोर रुपमा प्रस्तुत हुने उनले जनाए । नैतिक आचरणयुक्त प्रहरी व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवर्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल गर्नेछु’, महानिरीक्षक सिंहले भने ।


ADVERTISEMENT

# # #


भष्ट्राचारमा शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवम् अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरुको पहिचान गरी कारवाही गर्ने सवालमा आफू कठोर रूपमा प्रस्तुत हुने उनको भनाई छ ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको साथै नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरूको भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।

तस्बिर स्रोत : नेपाल प्रहरी

यसका साथै उनले असल अभ्यासहरुलाई निरन्तरता दिदैँ समय अनुकुल पद्वति र प्रविधितर्फ उन्मुख हुदैँ जानेमा समेत जोड दिए । ‘नैतिक आचरणयुक्त प्रहरी व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवर्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल गर्नेछु’, उनल ेसुनाए ।