काठमाडौँ – सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै असन्तुष्ट बनेका अर्को एआईजी सहकुल थापा काममा फर्किने भएका छन् ।


ADVERTISEMENT


आईजीपीमा सिंहको नियुक्ति भएसँगै थापाले विरोध जनाउँदै १० दिनको विदा स्वीकृत गराएका थिए । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन सेलको कमाण्डर रहेका थापा विदामा बस्ने भएपछि निर्वाचन सुरक्षामा असर पर्ने भएकाले काममा फर्किन गृह मन्त्रालयले आग्रह गरेको थियो ।


ADVERTISEMENT

# # #


सोमबार गृहमन्त्री बालकृष्णा खाँण र गृहसचिव टेकनारायण पाण्डेसँगको कुराकानीपछि एआईजी थापा काममा फर्किंन सहमत भएका थिए । एआईजी थापाले आज सार्वजनिक विदा भएकाले निर्वाचन सुरक्षाका विषयमा घरबाटै रिर्पोटिङ गरिरहेका छन् ।

उनले भोलिदेखि नियमित कामका लागि कार्यालयमा फर्किने स्रोतले जनाएको छ । आईजीपी नियुक्तिको विषयमा अर्को एआईजी विश्वराज पोखरेल भने सर्वोच्च खदालत पुगेका छन् । उनले आफूलाई परमादेशबाट आईजीपी नियुक्तिको आदेश दिन माग गरेका छन् ।