काठमाडौँ– प्रधानमन्त्री देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल राएपछि संगै भएका सबै भावुक बने ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने, ‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ ।’ प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भइ काठमाडौँ ल्याइएका बिरामीलाई भेट्न आज त्रिवी शिक्षण अस्पताल पुगेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्की लगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबार जानकारी लिए ।बुधबार उदयपुरगढी गाउँपालिका ६ मा चुनाव प्रचार प्रसारका क्रममा कार्कीलाई लक्षित गरी भएको एम्बुस विस्फोटमा परी घाइते भएका कार्कीसहित सात जनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिए ।

विस्फोट हुँदा उम्मेदवार कार्की, कांग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जीप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास घाइते भएका थिए ।

घाइते कटुवालको एउटा खुट्टा घुँडामुनीबाट काटिएको छ । सबै घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालका निर्देशक दिपक महराले जानकारी दिए ।