काठमाडौं – चितवनको भरतपुरमा आज सत्ता गठबन्धनले चुनावी सभाको आयोजना गरेको छ । सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालगायतले सम्बोधन गर्नेछन् ।


ADVERTISEMENT


भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई अघि सारेको छ । कांग्रेस नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उमेदवारी दिएका छन् ।


ADVERTISEMENT

# # #


चुनावी सभा हुनुअघि स्वतन्त्र उमेदवार पौडेलले राज्यको सम्पत्ति सक्नका लागि चुनावी सभा नगर्न आग्रह गरेका थिए । उनले बुधबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै भने, “मलाई हप्काउन चुनावी सभा गर्न लागेको हो ? मलाई उमेदवारी फिर्ता गराउने दबाबस्वरुप सभा गर्न लागेको हो ? राज्यको ढिकुटी सक्नेगरी सभा नगर्नोस् । जनता त्यसका पक्षमा छैनन् ।”