काठमाडौँ– पहिलो चरणको निर्वाचन सकिएसंगै दोस्रो चरणको निर्वाचन पनि अबको एक हप्ता मै हुँदैछ । मंसिर २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरु अहिले प्रचार प्रसारमा व्यस्त छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसको तर्फवाट काठमाडौ क्षेत्र नम्बर १ को प्रदेश सभाको ‘क’ को प्रत्यक्ष तर्फ युवा नेता दिपेन्द्र श्रेष्ठ अहिले निकै चर्चामा छन् । प्रतिनिधि सभाका उम्मेदवार प्रकाशमान सिंहका साथमा उनी प्रदेश सभाका लागि निकै लोकप्रिय बन्दै गइरहेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौँ क्षेत्र नं १ मा प्रदेश सभाका लागि युवा जोशका साथ उनी चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रको विकास र समृद्धिको एजेण्डाका साथ उनी निर्वाचनको प्रतिस्पर्धामा आएका छन् । उनी भौगोलिक, सामाजिक, धार्मिक साथै बिपन्न र निम्न आय, सिमित आय भएका जन समुदायलाई एक घर एक रोजगार भन्ने आफ्नु नारा लिएर आएका छन। युवाहरुलाई राजेगार उपलब्ध गराउनका लागि उनले युवा लक्षित विभिन्न किसिमका कार्यक्रमहरु ल्याउँदैछन् । बढ्दो बेरोजगारलाई अन्त्यका लागि आफूले महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।

सत्यवादी युवा नेताका रुपमा परिचित उनले सरकारी जग्गा हडपेर बसेका भुमाफिया बाट जग्गा फिर्ता लिन सफल भएका छन। खाली जग्गामा सामुदायिक हितमा हुने काममा विभिन्न प्रायोजनका लागि सामुदायिक भवन र आवस्यकता हेरि पार्क निर्माणकार्य लाई जोड दिएका छन।

चुनावी अभियानलाई तिव्रता दिएका श्रेष्ठले विशेष गरी युवाका मुद्दाहरुलाई आफ्ना प्रमुख एजेण्डा बनाएका छन् ।

को हुन् दिपेन्द्र श्रेष्ठ ?

२०५० सालमा शंकरदेव क्याम्पस नेविसंघको इकाई सदस्य भएर औपचारिक राजनीतिक यात्रा सुरु गरेको उम्मेद्वार दिपेन्द्र श्रेष्ठ २०५३ सालमा सोहि क्याम्पसको स्ववियु उपसभापति हुँदै सोहि वर्ष माउ पार्टी नेपाली कांग्रेसको क्रियाशिल सदस्यता समेत लिएका थिए । ३ पटकसम्म २०५७,५८ र ६० सालमा तीन पटक काठमाडौ जिल्ला नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका श्रेष्ठ नेविसंघको केन्द्रीय सह–महामन्त्री र नेपाली कांग्रेस बानेश्वर इकाई सभापति,नेपाली कांग्रेस क्षेत्र नम्बर १ को उपसभापति भएर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत रहेका उम्मेद्वार श्रेष्ठ आन्दोलनमा लागेकै कारण आन्दोलनको क्रममा राजद्रोह,सार्वजनिक अपराध अन्र्तगत मुद्धा पटक–पटक गरी ४ पटक हिरासतमा जेल जिवन विताएका छन् ।

काठमाडौ क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ का प्रत्यक्ष तर्फका सशक्त,जुझारु र कर्मनिष्ठ उम्मेद्वार श्रेष्ठले भनेः‘ देश र जनताको भलो चाहने हो भने लोकतान्त्रिक गठबन्धनलाई मतदान गरौ। अब निकास भनेको देशमा आर्थीक क्रान्तिको हो ,कृषि देखि पुराना ,साथै नयाँ उद्योगहरुको निर्माण साथै स्वरोजगार मा राष्ट्रको लगानी हुनु पर्नेछ । बिदेश पलायन युवाको पहिचान गरि जति सकिन्छ त्यति प्रभावित क्षेत्रमा राष्ट्रको ध्यानाकर्षण हुनुपर्छ र लगानी पनि हुनु पर्छ।’

उम्मेद्वार श्रेष्ठले मतदातासंग अपिल गर्दै भनेः ‘अबको मतदान भनेको गफाडीलाई भन्दा पनि विकास प्रेमीलाई गरौ। गफ त सबै गर्छन् काम हामीले गर्छौ ।’ घरदैलो र मतदातासंगको भेटघाटमा नेता श्रेष्ठले मतदातालाई नेपाली कांग्रेसका एजेण्डा पनि अवगत गराई रहेका छन् ।