काठमाडौँ– ललितपुर क्षेत्र नं १ का लागि नेपाली कांग्रेसका उम्मेदवारले प्रतिवद्धता सार्वजनिक गरेका छन् । निर्वाचनको मिति नजिकिँदै जादा उम्मेदवारले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


सार्वजनिक प्रतिवद्धतामा ललितपुर क्षेत्र नं १ का जनताका प्राविधिक तथा गुणस्तरीय सीपमुलक शिक्षा, स्वास्थ्य, तथा आयआर्जन, भौतिक पूर्वाधारको विकास र रोजगारीलार्इ प्रमुख प्राथमिकतामा राखिएको छ ।


ADVERTISEMENT

# # #


सार्वजनिक प्रतिवद्धता पत्रमा महिलाको सशक्तिकरणका लागि आयमुलक सीप तथा प्रशिक्षण, पछाडी परेका वर्ग र समुदायको उत्थानका लागि विशेष कार्यक्रम, सामाजिक सुरक्षाका सेवा सुविधा लगायतका विषयमा काम गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ । यस्तै शैक्षिक संस्थाहरुलाई पूर्वाधार युक्त बनाउँदै यवाहरुको रोजगारी र सुन्दर भविष्यलाई लक्षित गरी प्लस टु पढ्दै गरेका र उर्तीण विद्यार्थीका लागि शैक्षिक सहयो तथा परामर्श कार्यक्रम ल्याउने जनाइएको छ ।

यस्तै प्रतिवद्धता पत्रमा पाँच वर्षभित्र सबै सडकहरुलाई कालोपत्रे गर्ने, नख्खु करिडोर, गोदावरीे कारिडोर र दुर्लुङ करिडोर निर्माणमा विशेष पहल गर्ने, अन्य सडकहरुको स्तरोन्नतीका लागि काम गर्ने बताइएको छ । स्थानीय भाषा, साहित्य, रहनसहन र संस्कृतिको संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनको विकास गर्ने उल्लेख छ ।

सबैलाई स्वच्छ र स्वस्थ खानेपानीका लागि आवश्यक काम गर्ने, खेलकुदका पूर्वाधारको निर्माण गर्ने उल्लेख छ । यस्तै दक्षिण ललितपरको कृषि उत्पादन तथा व्यावसायिक खेतीको विस्तार र आधुनिकीकरण गर्दै बजार व्यवस्थापनमा सहजिकरण गर्ने बताइएको छ ।

यस्तै वामपन्थीको बहुमत आए लोकतन्त्रको रक्षा हुन नसक्ने भन्दै नेपाली कांग्रेसलाई मतदान गर्न आह्वान गरिएको छ । ‘नेपाली कांग्रेसको बहुमत आउने देखेर वामपन्थीहरु अत्तालिएको छन् र कांग्रेसको विरुद्धमा गलत प्रचार गरिरहेका छन्’ अपिलमा भनिएको छ, ‘वास्तवमा मलुकमा लोकतन्त्र ल्याउन मात्र होइन बचाउनका लागि पनि नपाली कांग्रेस चाहिएको छ ।’