काठमाडौं – सत्ता गठबन्धनले आज  कास्कीको पोखरा महानगरपालिकामा चुनावी सभा गर्दैछ । बिहान ११ बजे चुनावी सभा शुरू गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT


सभामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत अन्य नेताहरूले सम्बोधन गर्नेछन् ।


ADVERTISEMENT

# # #


यस्तै दाङको तुलसीपुरमा पनि आजै चुनावी सभा हुनेछ । पोखरामा सभा सकेर सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जानेछन् ।

त्यहाँ दिउँसो २ बजे सभा आयोजनाको तयारी छ । यसअघि शनिवार रुपन्देहीको बुटवल, तनहुँको दमौली र धनुषाको जनकपुरमा सत्ता गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ ।

गठबन्धनले वैशाख २१ गतेबाट चुनावी सभा शुरू गरेको थियो । २१ गते विराटनगर, २२ गते भरतपुर र २३ गते काठमाडौंमा चुनावी सभा सम्पन्न भइसकेको छ ।

पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनीसँग प्रतिश्पर्धामा एमालेका तर्फबाट कृष्ण आचार्य मैदानमा होमिएका छन् ।