काठमाडौं – नेकपा एमालेले आज (मंगलवार) काठमाडौंमा चुनावी सभाको आयोजना गर्ने भएको छ । एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा हुने विशाल आमसभा भृकुटीमण्डपमा हुने बताइएको छ ।


ADVERTISEMENT


अपरान्ह २ बजे हुने आमसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित र उपमेयरका उम्मेदवार सुनिता डंगोलले पनि आमसभालाई सम्बोधन गर्ने तय भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको ७२ घण्टे मौन अवधि शुरु हुनुभन्दा केही घण्टा अगाडि एमालेले राजधानीमा केन्द्रीकृत आमसभा गर्न लागेको हो।