काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघि महानगरमा एमालेले गरेको प्रतिवद्धता पुरा हुन नसकेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौंमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धतालाई पूरा नगरेर मतदाता र काठमाडौंवासीलाई हेपेको बताएका हुन् । उनले काम नगर्नेलाई महानगरमा जनताले विश्वास नगर्ने तर्क गरे । उनले अब पाँच वर्ष कांग्रेस सरकारमा आउन चाहे जनतासंग गरेका प्रतिवद्धता पुरा गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


यस्तै थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटकपटक संसद विघटन गरेको, आफैले गरेको प्रतिवद्धता पूरा गर्न नसकेकाले उनी अभियुक्त भएको र जनताले फैसला सुनाउने बेला आएको बताए ।

‘चुनाव भनेको प्रश्न मतदाताले सोध्ने हो । नेताले आएर फैसला सुनाउने होइन । यहाँ त नेताले आएर न्यायाधीशजस्तो फैसला सुनाएको छ, वैशाख ३० मा हेरौँला, असार १५ मा हेरौँला, ज्यातिषीलाई सोधेको भनेर ।’ उनले भने, ‘यो बेलामा नेकपा एमालेको अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्माओली न्यायाधीश होइन, अभियुक्त हो यो बेलामा । कठघरामा उभिनुभएको बेला हो र फैसला सुनाउने पालो जनताको हो ।’

उनले कोरोना संक्रमणको समयमा ५ हजार जनतालाई बचाउन सकिने भएपनि एमाले सरकारकै कारण ज्यान गएको उल्लेख गरे । उनले भने, ‘कोभिढका कारण ९ कजार ४ सय मान्छेको जीवन गयो । मेरो परिवारबाट ४ जना सदस्य गुमाएको छु, स्वास्थ्य मन्त्रालयमा काम गरेर आएको अनुभवका आधारमा भन्दैछु, ४ हजार ४५ सय मान्छे बचाउन सकिन्नथ्यो, तर ५ हजार मान्छे मारिएको हो ।’ उनले सरकार चलाउनेहरुले महामारीका बेला भ्रष्टाचार गर्दा त्यो अवस्था सिर्जना भएको उनले तर्क गरे ।

थापाले एमालेले पाँच वर्षमा कुनै पनि राम्रो काम नगरेको दाबी गर्दै पाँच दलीय गठबन्धनलाई जिताउन अपिल गरे ।