काठमाडाैं – अमेरिकी गुप्तचरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यूक्रेनमा लामो युद्धको योजनामा रहेको बताएका छन् । उनीहरुका अनुसार हाल युद्ध भईरहेको यूक्रेनको पूर्वी भूभाग आफ्नो बनाउन रुसले युद्ध जारी राख्ने चेतावनी समेत दिएका छन् ।


ADVERTISEMENT


अहिले पूर्वी यूक्रेनमा भूभागमा भयंकर युद्ध भईरहेको छ। गुप्तचरका अनुसार रुस उक्त क्षेत्र कब्जा गर्न चाहन्छ । यूक्रेनले आफ्नो राजधानी किएभ कब्जा विफल तुल्याएपछि मस्कोले डोनबास क्षेत्र कब्जा गर्न सैनिकको ध्यान केन्द्रित गरेको थियो ।


ADVERTISEMENT

# # #


यसको बाबजुद पनि उनीहरुको शक्तिमा गतिरोध बनिरहेको अमेरिकी गुप्ततर विभागले जनाएको छ। ‘नेशनल इन्टेलिजेन्स’ का निर्देशक एभरिल हाइनेसले मंगलबार अमेरिकी सिनेट कमिटिमा भएको सुनवाईमा पुटिनको लक्ष्य डोनबासमात्रै नरहेको तर उनलाई आफ्नो महत्वकांक्षा र रुसको वर्तमान पारम्परिक सैन्य क्षमताको बिचमा हुने बेमेलको सामना गर्नपर्ने हुनसक्छ।

उनले यूक्रेनलाई मुद्रास्फितीको अवस्थामा, खानाको कमीमा र उर्जा संकटजस्तो खराब परिस्थितीमा अमेरिका र यूरोपियन यूनियनले गरेको सहयोगलाई पनि रुसि राष्ट्रपतिले ख्याल गरिरहेको बताएकी छन्।

उनका अनुसार युद्ध जारी रहेमा रुसी राष्ट्रपतिले ‘धेरै खतरनाक युद्ध उपकरण’ प्रयोग गर्न सक्छन्। पुटिनले रुसको लागि यदि ‘अतित्वको लागि खतरा’ महशुस गरे मस्कोले परमाणु हतियार प्रयोग गर्न सक्छ।

रक्षा सुरक्षा गुप्तचरका निदेृशक स्कट बेरियरले त्यही सुनवाईमा रुस र यूक्रेनीहरु थोरै गतिरोधमा भएको उल्लेख गरे। पछिल्लो युद्धमा यूक्रेनको उत्तर पूवी क्षेत्रका ४ प्रदेश रुसले पुन कब्जामा लिएको यूक्रेनले दाबी गरेको छ।

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यूक्रेनी सैनिकको सफलताले रसियाली सैन्य शक्ति खार्किभबाट बाहिर धकेलीरहेको उल्लेख गरेका छन्। यो क्षेत्रमा लडाई शुरु भएदेखि नै बमबारी भईरहेको छ।

तर जेलेन्स्कीले यूक्रेनी नागरिक र सेनालाई जीत साप्ताहिक वा दैनिक अपेक्षा गरिएको क्षेत्रमा अत्याधिक नैतिक दबाबको माहोल नबनाउन आग्रह गरेका छन्।