काठमाडौँ– हाल देश स्थानिय निर्वाचन, २०७९ को माहोलले अस्तव्यस्त छ । साथीसहेँलीबीचको हाँसो ठट्टामा होस् या गृहिणीको भान्सामा, तरकारी पसलमा होस् या अन्य व्यवसायीमा सडकदेखि चोकसम्म, गल्लीदेखि गाउँसहरसम्मै अहिले सबैतिर चुनावीे वार्ताले स्थान पाएको छ ।


ADVERTISEMENT


स्थानिय विकास एवम् नेतृत्वसम्बन्धि भएकाले पनि यो चुनावले यत्तिका वर्चस्व पाएको देखिन्छ । यससंगै यसअघि अग्रजद्वारा चुनिएका नेतृत्वबाट वाक्क भएका  केहि युवा जमात् परिवर्तनका लागि राजनीतिप्रति चासो राख्दै यस क्षेत्रतर्फ होमिने संख्याको वृद्वि हुनु र पार्टी विशेषप्रति आस्था हटि झण्डै चौथाई उम्मेद्वारहरु स्वतन्त्र रुपमा उम्मेद्वारी लड्न हौसिएकाले पनि यसपटकको चुनाव अन्य समयको भन्दा बढी रोचक देखिएको छ ।


ADVERTISEMENT

# # #


हालको सन्दर्भमा भन्नुपर्दा, यसअघि आफुहरुले चुनेका नेतृत्व असल थिएनन् भन्ने ज्ञात भइसकेका अघिल्लो पुस्ता पनि आफ्नो अनुभव, बद्लिदो परिवेश एवम् बढ्दो ज्ञानको दायरासंगै बुझ्ने भइसकेका छन् । यसकारण पनि उनीहरुले अब कस्तो व्यक्तित्वलाई चुन्ने हुन् ? भन्ने कुरा आगामी शुक्रबार हुने मतदानले नै निर्णय गर्नेछ । यसका लागि मतदाताहरु पनि चनाखो भएर सो दिनको पर्खाइमा छन् ।

संगै यसपटक कतिपय नयाँ भोटरहरु पनि थपिएका छन् । जसलाई आफुले चाहेको असल उम्मेद्वारलाई कसरी मत दिने ? भन्ने कुराको अनुभव नहुन सक्छ । यस्तै, कतिपयलाई केहि अवस्थामा ‘हामीले दिएको मत बदर समेत हुन सक्छ’, भन्ने कुराको ज्ञान समेत हुदैँन । हो, मतदानको केहि अवस्थामा हामीले दिएको मत बदर समेत हुनसक्ने निर्वाचन आयोगले जनाएको छ । तसर्थ आयोगले स्थानीय तहको निर्वाचन २०७४ मा अनपेक्षित सङ्ख्यामा मत बदर भएकोले मत बदर कम गर्न दल तथा उम्मेदवार थप सतर्क हुनुपर्ने बताएको छ।

आयोगका अनुसार, त्यसरी मत बदर हुने अवस्थाहरू निम्न रहेका छन् :

१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको
२. औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको
३. मत संकेत चिह्न नबुझिने गरी लत्पतिएको वा च्यातिएको
४. उमेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेतनगरी अन्यन्त्र मत संकेत गरिएको
५. उमेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरिएको
६. कुनै पनि उमेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरिएको
७. निर्वाचित गर्नुपर्ने संख्या वा बढी उमेवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएको
८. मत संकेत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएको
९. आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको
१०. मतपेटिकाभन्दा बाहिर राखिएको
११. जाली मतपत्र ।