बझाङ – बझाङको सुर्मा गाउँपालिकामा सर्वदलीय बैठकमा झडप भएको छ । अपांग–अशक्तहरुलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने भन्नेबारेमा विवाद हुँदा झडप भएको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले  बताए ।


ADVERTISEMENT


झडपमा परेर नेकपा एमालेका सुर्मा गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार हर्क बहादुर बोहरा र राम गिरी बोहरा घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


उपचारपछि वडाध्यक्षका उम्मेदवार डिस्चार्ज भएका छन् । स्थानीय अपिल बोहरा सहित ५ जना काँग्रेसका कार्यकर्ताले उनीहरुलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए ।