काठमाडाैं – बिहीबार सुनचाँदीको मूल्य बढेको छ।


ADVERTISEMENT


आज सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।


ADVERTISEMENT

# # #


सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँ र चाँदी पाँच रूपैयाँ बढेको हो। बुधबार सुन प्रतितोला ९७ हजार रूपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १८ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।