काठमाडौँ– ग्रान्डी अस्पतालकी चिकित्सक डा. प्रिती भुषालले नयाँ रेकर्ड कायम गरेकी छन् । भुसालले सगरमाथाको सफल आरोहण गर्दै नयाँ रेकर्ड कायम गरेकी हुन् ।


ADVERTISEMENT


यससंगै उनी सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक समेत बनेकी छन् । उनको टोलीले आज बिहान सफलतापूर्वक सगरमाथाको आरोहण गरेको जानकारी भुसालले आफ्नो फेसबुकमार्फत दिएकी हुन् ।


ADVERTISEMENT

# # #


कोभिड—१९ को लडाइँविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूलगायत योगदानको उच्च सम्मानका लागि आफूले सगरमाथा आरोहण गरेको उनले जनाएकी छन् ।

जलवायु परिवर्तनको असर कम गर्नुपर्ने र हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश विश्वभर पुर्‍याउन भन्दै उनीसहितको टोली गत २९ चैतमा सगरमाथा यात्रामा निस्किएको थियो ।