झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् ।


ADVERTISEMENT


स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भइरहेको र कांग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताए ।


ADVERTISEMENT

# # #


यसैबीच मेचीनगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बनेको इन्द्र बुढाथोकीले मेचीनगर १० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गरे । सोही वडाको हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेचीनगरमा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवार गोपालचन्द्र बुढाथोकीले समेत मतदान गरे ।

आज बिहानैदेखि मौसम शीतल भएकाले मतदाता उत्साहित भएर मतदान केन्द्रमा लामबद्ध भएका छन् । मेचीनगरमा ९० हजार २०२ मतदाता छन् । ती मध्येमा ४५ हजार ९० महिला र ४५ हजार ११२ पुरुष मतदाता छन् ।

निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगरमा ३२० उम्मेदवार रहेको जानकारी दिए । तीमध्ये एमालेको तर्फबाट एक दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

मेचीनगरमा ३५ मतदानस्थल र १०२ मतदान केन्द्र छ । मेचीनगरमा ८१६ जना कर्मचारीसहित सुरक्षाकर्मी र पर्यवेक्षक चुनावमा खटिएका छन् ।