काठमाडौँ – स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदान हुन नसकेका स्थानमा छिट्टै मतदान सुरु हुने उनले बताए ।