काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले मतदान गरेकी छन् । उनले शुक्रबार विराटनगर महानगरपालिकाको आदर्श उच्च मावि मतदान केन्द्रमा मतदान गरेकी हुन् ।


ADVERTISEMENT


मतदान सकिए संगै नेतृ कोइरालाले लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताएकी छिन्। सहमति सहकार्य र एकताबाटै मुलुकलाई सही दिशा दिन कांग्रेसले नेतृत्वदायी भुमिका खेल्नु पर्ने बताइन् । विराटनगरलाई शिक्षा ,स्वास्थ्य र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिइन् ।


ADVERTISEMENT

# # #


विराटनगरमा एकातर्फ पाँच दलीय गठबन्धन रहेको छ । गठबन्धनका तर्फबाट विराटनगरमा मेयरमा काँग्रेसका नागेश कोइराला उम्मेदवार छन् । एमालेबाट सागर कुमार थापा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मृत्युनजयकुमार मीश्र, राप्रपाबाट प्रहलादप्रसाद साह हलुवाई मेयर पदका उम्मेदवार छन् ।

उपमेयरमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादव उम्मेदवारमा छन्  । यस्तै एमालेकी शिल्पा कार्की, लोसपाकी सहनाज खातुन र राप्रपाकी विन्दाकुमारी लुइटेल आचार्य उपमेयरका उम्मेदवार छन् ।