काठमाण्डौं-विस्फोटक पदार्थ सहित दुई जना भारतीय नागरिकलाई प्रहरीले धादिङको खानीखोलाबाट पक्राउ गरेको छ ।


ADVERTISEMENT


झापाको काँकडभिट्टाबाट काठमाडौं आउंदै गरेको ना ७ ख ४९७६ नम्बरको बसको सुरक्षा जाँच गर्ने क्रममा विस्फोटक सामाग्री सहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हिमालय पोष्टको स्रोतले जानकारी पाएको छ ।


ADVERTISEMENT

# # #


विस्फोटक पदार्थ बनाउने सामाग्री सहित भारत कोत्ताजालका राजु विश्वास र पश्चिम बंगालका महमद फरमानलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट विस्फोटक सामाग्री बनाउन चाहिने कच्चा पदार्थ र उपकरण समेत बरमद भएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए ।

सो बमहरु आगामी २१ गते हुने निर्वाचन विथोल्न ल्याईएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रेसर कुकरमा विस्फोट गर्न तयारी अवस्थामा राखिएको तार सहित जडान गरिएको बम १ वटा, तयारी अवस्थाकै सकेट बम २ वटा, बम बनाउने अन्य सामाग्री र कच्चा पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।