काठमाण्डौं-मतपेटिकामा एसिड हालिएपछि रुकुम पश्चिममा दुई मतदान केन्द्रमा भएको मतदानमा गत १० गतेको भन्दा कम मत खसेको छ ।


ADVERTISEMENT


प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको मात्रै मतदान भएको बाँफिकोट गाउँपालिका–५, रत्न आधारभुत विद्यालयको क मतदान केन्द्रमा गत १० गतेको भन्दा ५ प्रतिशत कम मत खसेको छ । ६ सय ७२ मतदाता रहेको सो केन्द्रमा हिजो ३ सय ९७ मात्रै खसेको छ । गत १० गते सो केन्द्रमा ४ सय ३२ मत खसेको थियो ।


ADVERTISEMENT

# # #


यसैगरी आठविसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गत्तसैनाको ख मतदान केन्द्रमा गत १० गतेको तुलनामा २३ प्रतिशत कम मत खसेको छ । ७ सय ५६ मतदाता रहेको सो मतदान केन्द्रमा हिजो ३ सय २१ मत मात्र खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ गत १० गते ४ सय ९४ मत खसेको थियो ।

गत १० गते मतदान भैरहेको बेला बाँफिकोटको मतदान केन्द्रमा राखिएको प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्यको मतपेटिकामा एसिड हालिएको थियो । मतपेटिकामा एसिड हालेर निर्वाचन स्थगित भएपछि ती दुई मतदान केन्द्रमा हिजो मतदान भएको हो ।

एसिड हालेको भन्दै हाल्ने बाँफिकोटबाट कल्पना केसी र आठविसकोटबाट केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।