काठमाण्डौं-अछाम जिल्ला क्षेत्र नं २ क प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकर बम फेला परेको छ ।


ADVERTISEMENT


प्रेसर कुकर बम हुन्सक्ने भनेर जानकारी पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको र त्यसभित्र ढुङ्गा ,माटो र कागज भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । कांग्रेस उम्मेदवार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर उक्त वस्तु फेला परेको हो ।


ADVERTISEMENT

# # #


कांग्रेस उम्मेद्धार बिष्टको घरको सिडीमा बिहान ३ बजे तिर बम फेला परेको थियो ।

निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बिष्टको घरमा बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

निर्वाचनलाई लक्षित गरी अज्ञात समूहले बिष्टको घरमा बम भनेर त्रसाउन उक्त प्रेसर कुकर राखेको हुन सक्ने प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। उम्मेदवार विष्टले आफ्नो जित शुनिश्चित भएको देखेपछि तर्साउन विपक्षीहरुले यस्तो गरेको बताए । आफु यस्ता कार्यबाट बिचलित नहुने उनले प्रतिक्रिया दिए ।