काठमाण्डौं-प्रधानसेनापति राजेन्द्र क्षत्री नेतृत्वको विशेष सैन्य टोलीले तराईका जिल्लाहरूमा निर्वाचन सुरक्षा अवस्था निरीक्षण गरेको छ ।


ADVERTISEMENT


नेपाली सेनाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाहरूको विशेष निगरानी गरिरहेका बेला बिहीबार र शुक्रबार प्रधानसेनापति नै ती जिल्ला पुगेका हुन् ।


ADVERTISEMENT

# # #


टोलीले बिहीबार भारतसँग सीमा जोडिएका र आपराधिक समूहहरू बढी नै सक्रिय रहेका र हुन सक्ने कोटिमा परेका जिल्लाको भ्रमण गरेको थियो भने शुक्रबार बुटवललाई केन्द्रमा राखेर आसपास क्षेत्रको अनुगमन गरेको हो ।

निर्वाचनको तेस्रो घेरामा रहने सेनाले सुरक्षा संवेदनशील क्षेत्रमा पहिलेदेखि नै गस्ती बढाइसकेको छ । प्रधानसेनापति क्षत्रीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो जिम्मेवारी सचेततापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

निर्वाचन सुरक्षा निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले स्थलगत वस्तुस्थिति, अपरेसन, तालिम, बन्दोबस्ती लगायत तयारीबारे जानकारी लिएको सैन्य जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।