काठमाण्डौं-उत्तर कोरियाबाट खतरा बढेको भन्दै अमेरिकाले आणविक आक्रमणको पूर्व सूचना दिने साइरनको परीक्षण गरेको छ ।


ADVERTISEMENT


उत्तर कोरियाले आणविक आक्रमण गर्ने धम्की लगातार दिईरहदा अमेरिकाले हवाई राज्यमा आक्रमणको पुर्वसूचना दिने यन्त्र जडान गरी परीक्षण गरेको हो ।


ADVERTISEMENT

# # #


उत्तर कोरियाले गरेको क्षेप्यास्त्र आक्रमण हवाईसम्म आइपुग्ने सक्ने भएकोले सो अगावै सूचना प्राप्त गर्न सकिने हवाई आकस्मिक व्यवस्थापन विभागले जनाएको छ ।

सो साईरनमार्फत आणविक आक्रमण भएको जानकारीको सूचना घण्टी, स्थानीयलाई सचेत बनाउने र सो समयमा अपनाउनुपर्ने सावधानी समेत प्राप्त गर्न सकिने बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाले यसअघि शितयुद्धको अन्तिम बर्ष सन् १९८० मा मात्र आणविक आक्रमणको पुर्वसूचना दिने यन्त्र बनाएको थियो । त्यसपछि अमेरिकाले बनाएको क्षेप्यास्त्र आक्रमणको सूचना दिने यन्त्र यो पहिलो हो ।

हवाई राज्यमा यसअघि सुनामी लगायत प्राकृतिक विपत्ती आउनुपुर्व सूचित गर्ने साईरन मात्र राखिएको थियो ।