काठमाण्डौं-कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) प्रतिनिधिसभा १ प्रदेसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट जस्तापातामा प्वाल परेको छ ।


ADVERTISEMENT


वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटक सम्म बम विष्फोट गराएको स्थानीयले बताएका छन् । घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले बताए ।


ADVERTISEMENT

# # #


राति करिब १ बजेको समयमा तीन चार जनाको समूहमा आएका अज्ञात समूहले घर तोडफोड गर्न थालेपछि आफूहरुले रोक्न खोज्दा बम प्रहार गरेको कलवारले दाबी गरे ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रल्हाद अधिकारले उम्मेदवार घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुन सक्ने बताए । आफूहरुले उक्त विषयमा अनुसन्धान गरिरहेको उनले जनाए । उम्मेदवार कलवारलाई संघीय समाजवादी फोरम नेपालले प्रदेसभामा सघाएको छ ।

शुक्रबार दिउँसो मात्र शिवराज नगरपालिका-९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरि रिमोट बम प्रहार भएको थियो ।