धनगढी – सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयर पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका गोपाल हमाल फराकिलो मतका साथ अग्रस्थान रहेका छन् । हमालले शुरूदेखि नै अग्रता कायम राखेका छन् ।


ADVERTISEMENT


हालसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३८१ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ नम्बर वडाबाट मतगणना शुरू गरिएको छ ।