सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं। ४ कुविण्डेमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार कुमार शर्माले १ हजार दुई सय सात मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिस्पर्धी एमालेका राजु श्रेष्ठले ६ सय ३३ मत ल्याए ।


ADVERTISEMENT


नगर प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटाले हालसम्म तीन हजार मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका इन्द्र नेपालले २ हजार एक सय र कांग्रेसका केशवराज गिरीले १ हजार एक सय मत ल्याएका छन् । चौतारा साँगाचोकगढी सभामुख अग्नी सापकोटाको वडा हो ।


ADVERTISEMENT

# # #