काठमाडौँ – भरतपुर महानगरपालिकाको मयेरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार उनले पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई १९ मतले पछाडि पारेका हुन् ।
ताजा मत परिणाम अनुसार विजयले २५४९ मत प्राप्त गरेका छन् । उनकी नकतम प्रतिद्वन्द्वी रेनुले २५३० मत ल्याएकी छन् । यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले ८३० मत प्राप्त गरेका छन् ।