काठमाडाैं – आज देशका केही क्षेत्रको वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


ADVERTISEMENT


हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभाव छ । राति प्रदेश–१ र गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


ADVERTISEMENT

# # #


मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश–१, मधेश र लुम्बिनीका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।