काठमाण्डौं-गोन्जालो हिगुएनले आफ्नै पूर्व क्लबमाथि निर्णायक गोल गरेपछि इटालीको सिरी ए मा युभेन्ट्सले शनिबार राति नेपोलीलाई १–० ले हराएको छ । अर्जेन्टिनी २९ वर्षीय फरवार्डले पउल ड्याबलको पासमा १२ औं मिनेटमा खेलको एक मात्र गोल गरे ।


ADVERTISEMENT


यस हारपछि लिगमा नेपोलीको अपराजित यात्रामा पनि पूर्ण विराम लागेको छ । यस्तै युभेन्ट्सले शीर्ष स्थानमा रहेको नेपोलीसँगको दूरी पनि एक अंकमा छोट्याएको छ ।


ADVERTISEMENT

# # #


हिगुएन यसै साता मात्र सामान्य शल्यक्रियाबाट गुज्रेको हुँदा उनले खेल्नमा शंका गरिएको थियो ।

जितपछि युभेन्ट्सको १५ खेलबाट ३७ अंक भएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानमा नेपोलीको ३८ अंक छ । शुक्रबारकै अर्को खेलमा एएस रोमाले स्पाल २०१३ लाई ३–१ ले हरायो । रोमा ३४ अंकमा चौथो स्थानमा छ ।