काठमाण्डौं-पूर्वी पहाडी जिल्लामा उत्पादन घटेको भए पनि उदयपुरको गाईघाटमा भने यस वर्ष छुर्पीको उत्पादन अत्यधिक बढेको छ ।


ADVERTISEMENT


त्रियुगा नगरपालिका र आसपासका क्षेत्रमा व्यावसायिक रूपमा जर्सी गाईपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएपछि बजारमा शुद्ध दूधको आपूर्ति बढेकोले विगत वर्षको तुलनामा यस वर्ष उदयपुरमा छुर्पी उत्पादन बढेको हो ।


ADVERTISEMENT

# # #


विगत छ वर्षदेखि लगातार गाईघाटमा छुर्पी उत्पादन गर्दै आएको यहाँको पाथिभरा दूधडेरी उद्योगबाट गाईघाटमा शुद्ध दूधको आपूर्तिमा सहज भएकोले यो वर्ष छुर्पी उत्पादनमा वृद्धि भएको जनाएकोे छ । उत्पादनमा वृद्धि भएसँगै यसबाट सोचेभन्दा धेरै राम्रो आम्दानी भएको सो डेरीले जनाएको छ ।

पाथिभरा डेरीका प्रोप्राइटर अविनास लिम्बूले यस वर्ष कात्तिक महिनाको दोस्रो सातादेखि उत्पादन गर्न सुरु गरिएकोमा हालसम्ममा करिब ३५ क्विन्टल छुर्पी उत्पादन भइसकेको र यही अवस्था रहेमा आउँदो माघ महिनाभरि छुर्पी उत्पादन गर्नसकिने हुँदा थप अरू ५० क्विन्टलको हाराहारीमा आफूले छुर्पी बनाएर बिक्री गर्ने बताए ।