काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायम गरेका छन् । स्वतन्त्र उम्मेदवार साह ६४८६ मतसहित अग्र स्थानमा छन् ।


ADVERTISEMENT


निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । उम्मेदवार स्थापितले हालसम्म ३४१३ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३००९ मत प्रप्त गरेकी छिन् ।


ADVERTISEMENT

# # #


गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालिकामा अहिले १, २, ३, ४, ५, ३१ र ३२ वडाको मतगणना भएको छ । जसमा १ नम्बर वडाको मतपरिणाम आइसकेको छ ।