काठमाडौं । सफल चलचित्र चपली हाइटमा नायकको रुपमा अभिनय गरेका राज घिमिरे (सानुराजा घिमिरे) स्थानीय चुनावबाट वडाध्यक्ष निर्वाचित भएका छन् । काठमाडौंको गोदावरी नगरपालिका ३ बाट उनले नेकपा माओवादीबाट वडाध्यक्ष जितेका हुन् ।


ADVERTISEMENT


घिमिरेले ११ भोटको अन्तरले जित हासिल गरेका हुन् । उनले १०५९ भोट ल्याए भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम आचार्यले १०४८ भोट ल्याएर पराजित भए ।


ADVERTISEMENT

# # #