सृजना नेपाल 


ADVERTISEMENT


कविता


ADVERTISEMENT

# # #


आऊ बुद्ध तिमी आऊ
शान्ती लियर आऊ
अत्याचारले सिमा नाघ्यो
तिमी आऊ
जताततै द्वन्द्व र हिंसा
सबै मै खाउँ र
मै लाउँ मै व्यस्त छन्
इमान जमान सकियो
यहाँ
झुठको खेती छ
आफ्नो को हो ?  पराया को हो ?
छुट्टाउन मुस्किल छ
छेपारोले रङ फेरेजस्तो
बोली फेर्छन्
त्यसैले
तिमी आऊ बुद्ध
मान्छे यहाँ
सबै स्वार्थी भैसके
जता मल्खु त्यतै ढल्कु छन्
छोरी चेली भन्न छोडिसके
नर नाता गन्न छोडिसके
यहाँ आफ्नै लागि मात्रै बाँच्दछन्

आऊबुद्ध तिमी आऊ
ऐन कानुन अक्षरमा मात्रै
सीमित छ
व्यवहारमा लागु छैन
व्यक्तिगत स्वार्थको खातीर
मान्छे नै मान्छेको ठूलो शत्रु हुन थाले
तिमीले छोडेर गएका हितोपदेशलाई
अनुशरण गर्न छोडिसके

फेरि तिमी आऊ
फेरि एकचोटी शान्ति छरेर आऊ
चंचल भएका मान्छेका यी मनलाई
स्थीर बनाऊ
आऊ बुद्ध तिमी आऊ
डुब्न लागेका यी मनरुपी नाउहरुलाई
बचाऊ