काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मयेरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले सुरुवाती अग्रता कायमै राखेका छन् । ताजा मत परिणाम अनुसार वालेनले ७ हजार ३३९ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा ३ हजार ४७७ मतले अगाडि रहेका छन् । स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेन ११९ मत ले अघि रहेका छन् ।


ADVERTISEMENT

# # #


स्थापितले ३ हजार ८६२ मत प्राप्त गरेका छन् । यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ३५८ मत पाएकी छन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले ५६८ मत पाएका छन् ।

यस्तै उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता कायमै गरेकी छन् । भारी मतान्तरले अघि रहेकी उनले ६३४६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाछ नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्‍वर श्रेष्ठले १६९० मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिनिता मगैयाले १३४५ मत ल्याएकी छन् ।

(अपरान्ह ३ः४० मा अपटेड गरिएको ।)