भरतपुर – भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सत्तारुढ गठबन्धनकी रेणु दाहालभन्दा ५५ मतले अघि देखिएका  छन् । कडा प्रतिस्पर्धा भइरहेको सो पदमा विजय सुवेदीले ४ हजार ५५० मत हासिल गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ४९५ मत पाएकी छन् ।


ADVERTISEMENT


प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने एक हजार ९९८ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३१३ मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले ३ हजार ६२२ मत पाएकी छन् ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगका अनुसार, हालसम्म भरतपुरमा कुल १३ हजार ३६४ मत गणना भएको छ ।