काठमाडौँ– शैक्षिक कार्यक्रम अन्तर्गत नेपाल–भारतबीच पाँचवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीको उपस्थितिको अवसरमा लुम्बनिीमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT


उक्त सम्झौता नेपाल–भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन का निम्ति गरिएको द्विपक्षको भनाई छ ।


ADVERTISEMENT

# # #


सो सम्झोता अन्तर्गत भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर), त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आइसिसीआर, काठमाडौँ विश्वविद्यालय र आइसिसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।