काठमाडौँ– भरतपुरमा कुल १३ हजार ५६५ मतगणना हुँदा मेयरतर्फ अहिलेसम्म नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले नै अग्र स्थान ओगटेका छन् । हालसम्मको मतगणना अनुसार, उनले कुल ४ हजार ६२५ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


जबकी उनलाई पछ्याउँदै गठबन्धन दलकी माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले ४ हजार ५५२ मत प्राप्त गरेकी छन् । यस्तै, अर्काे स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको पक्षमा भने अहिलेसम्ममा २ हजार ४० मत खसेको छ ।


ADVERTISEMENT

# # #


नगरको उपमेयतर्फ भने कांग्रेसको अग्रता कायम देखिएको छ । जसमा रुख चिञ्हका उम्मेदवार चित्रसेन अधिकारीले कुल ५ हजार ३९५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले भने ३ हजार ६७९ मत प्राप्त गरेकी छन् ।

नगरको ४ नम्बर वडामा हाल मतगणनाा जारी नै छ । हालसम्म वडामा अध्यक्षका निम्ति कांग्रेसका उम्मेदवार अर्पण पोखरेल ९१७ मतका साथ अग्र स्थानमा देखिएका छन् । यस्तै, उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार भानुभक्त सापकोटाले ६२६ र राप्रपाका उम्मेदवार चर्तुभुज कंडेल ले ३६२ मत आफ्नो पक्षमा पारेका छन् ।