काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुमिबारे आफ्नो अनुभूती सुनाएका छन् । मोदीले नेपाल सिद्वार्थ गौतम बुद्वको जन्मथलो भएकाले यहाँ आउँदा आफुलाई छुट्टै प्रकारको महशुस हुने बताएका हुन् ।


ADVERTISEMENT


बुद्व जयन्तीको अवसरमा सोमबार लुम्बिनी भ्रमणका लागि आएका मोदीले सम्बोधन गर्दै आफूलाई नेपाल आउँदा ऊर्जा र चेतना प्राप्त हुने गरेको बताएका छन् । उनले नेपाल आउँदा आफूलाई पृथक महशुश हुनेगरेको बताए ।


ADVERTISEMENT

# # #


‘यो भूमि जहाँ स्वयं भगवान गौतम बुद्धले जन्म लिएका हुन्,’ मोदीले लुम्बिनीमा सम्बोधन गर्दै भने,‘यहाँको ऊर्जा, यहाँको चेतना, एक अलग अनुभूती हुनेगर्छ ।’ उनले आफू यही कारण नेपाल आउँदा आफुलाई भाग्यमानी महशुश गर्ने धारणा व्यक्त गरे ।

उनले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधामको उल्लेख गर्दै नेपालीहरु भारतको अयोध्यामा राम मन्दिर निर्माण भइरहँदा खुशी भएको जानकारी आफुलाई प्राप्त भएको समेत सुनाए ।