काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध हिमालजस्तै अटल र पुरानो रहेको बताएका छन् । मोदीले लुम्बिनी भ्रमणलाई सम्बोधन गर्ने क्रममा सो धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


यस्तै उनले विश्वको पछिल्लो अवस्थामा नेपाल–भारतबीच सम्बन्ध मजबुत महत्त्वपूर्ण विषय रहेको समेत बताएका छन् ।  ‘आज जसरी वैश्विक परिस्थिति बनेको छ । त्यसमा नेपाल र भारतको निरन्तर बलियो मित्रता, घनिष्ठता, सम्पूर्ण मानवताको हितको लागि काम गर्नेछ’, उनले भने।


ADVERTISEMENT

# # #