तनहुँ – तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका छन् गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन् ।


ADVERTISEMENT


अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गरेको निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिं गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका सावित्री न्यौपानेले तीन हजार ४६७ मत प्राप्त गरे । कूल १२ हजार ८१५ मतदातामध्ये गाउँपालिकामा आठ हजार ६४७ मत खसेको थियो । पाँचवटा वडामध्ये देवघाटमा कांग्रेसले तीन र एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ ।

कांग्रेसले देवघाट–२, ३ र ५ जितेको छ भने एमालेले १ र ४ वडा जितेको छ ।