ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का गम्बु शेर्पा निर्वाचित भएका छन् । शेर्पाले नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गभएका हुन् ।


ADVERTISEMENT


शेर्पाले दुई हजार ८८२ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले दुई हजार ७५२ मत प्राप्त गरे । नेकपा (एमाले) का रामबहादुर खत्रीले एक हजार ७१५ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छन् । उनले दुई हजार ८२४ मत ल्याएर विजयी हुँदा जसपाका उम्मेदवारले दुई हजार २४१ र एमालेको उम्मेदारका पक्षमा एक हजार ७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष शेर्पा चीन, अमेरिकालगायतका देशमा बसेर नेपाल फर्किएर राजनीतिमा लागेका हुन् । गायन क्षेत्रमा समेत राम्रो पहिचान बनाएका उनी खिजीदेम्बा गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् । केही समय अघिमात्रै उनले अमेरिकको नागरिकता त्यागेका थिए ।