काठमाडौं – ३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ ।


ADVERTISEMENT


सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज सोेमबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका १० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ ।


ADVERTISEMENT

# # #


मंगलबार तनहुँको व्यास नगरपालिका(८ को भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।